गजल

कसैलाइ माया गाउको छ, कसैलाइ सहरको छ।
मलाइ माया मेरा पृयशिको अधरको छ।

सर्पहरु आजकाल मेरा साथी हरु खोज्दैछ्न,
लाग्दैछ उनिहरु लाई खाँचो उधारोमा जहरको छ।

एउटा बुबा आफ्नो खुशीको लिलामी हेर्दैछ,
सवाल छोराको डाक्तर बन्ने रहर को छ।

डाक्टर साहब भोक नलाग्ने औसधि  पाइंँदैन?
पैसा छैन, भोक भयभर को छ।

बिदेश जाने सबै तयारी त सकियो,
प्रतिक्ष्या बृध्याश्रम्बाट बुबाको मृत्युको खबरको छ।

Comments