प्रेम

प्रेम

म अझै पनि उसैको आवाज सुनेर बिउँझिन्छु,
जबसम्म उस्को बोलिको तरङ्गहरु
मेरो कान हुँदै, मस्तिष्क सम्म पुग्दैन,
म आँखा खोल्न सक्दिन।
अथवा भनौं , म खोल्नै चाँहदैन
थाहा छैन, सम्योग हो
कि लत बनिसकेको छ।
मलाइ उसको आदत बनिसकेको छ।

सम्बन्धका दिनहरु
धेरै भएको पनि त छैन,
त्येही बर्ष छ वा सात हुन्छ होला
हरेक दिन, दिनभरमा
सायद सैयौं पटक बात हुन्छ होला।
तर पनि त्येही बिहानको आवाज
सुनेर उठ्न मन लाग्छ,
मायाको एहसास
उनेर उठ्न मन लाग्छ।

त्यो दिन, उसैको एक तस्बिरमा
कोहि दिवाना बनेको थियो
परवाना बनेको थियो।
अनि प्यारको नया अफसना
बनिसकेको थियो।
कसैको चाहतको सिद्धतले सरहद नाघिसक्यो।
म हरेक साँझ उसैको तस्वीर हेरेर निदाउँथे,
तक्दिर सम्झेर बिउँझिन्थे, अनि फेरि
तस्वीर हेरेर निदाउँथे।

उसको पहिलो text को screenshot
पहिको call को recording
अझै पनि,
पुरानो मोबाइलको कुनै फोल्डरमा,
सुरक्षीत गरेर राखेको छु,
मन परेर राखेको छु।
पहिलो पटक भेट्दाको दिन
राजधानीको त्यो स-सानो गल्लीमा ,
सङ्गसङ्गै चालेका पैतालाहरु
अनि राता भएका गालाहरु,
थाहा छैन मायाले हो कि डरले हो
मैले बुझे रहर ले हो।
बाटोमा गाडी तर्फ म हिँड्थे,
उसलाइ कुनामा हिँडाउथेँ।
ऊनी बोलिरहन्थिन,म हेरिरहन्थे
ऊनी मलाई हेर्थिन, म नहेरे जस्तो गर्थेँ
अनि मुस्कुराउँथ्यौ
वाक्यहरु नभेटेपछि गुनगुनाउँथ्यौँ
अनि फेरि मुस्कुराँउथ्यौ।

उसको जन्मदिन
अनि त्येसैको लागि भनेर
मैले किनेर राखेको गुलाबी रङ्गको
teddy bear
अनि कागजको दुई पानामा
अटाउन खोजेकै हो,
मायाको अनगिन्ती शब्दहरु।
उसले दिएको kitkat को मिठास,
अनि मैले उसको लागी लेखेको भावना
अझै पनि सँगालेर राखेको छु।
त्यो दुई पानाको सब्द
कहिले उसलाई दिने हिम्मत आएन।
त्येही दिन फर्किने बेलामा
एउटा गुलाफ किनेर,
कसैले नदेख्ने कापीको पानामा
त्यो गुलाफ र मायाको दुई पाना
सम्हालेर राखेको थिएँ।
अझै पनि त्यो कापी ,
 त्यो गुलाफ र त्यो पाना पल्टाउँछु।
गुलाफको वास्ना आउँदैन,
लेखेका सब्दको धमिलो भैसके
तर
सम्झनाहरु जस्ताको त्येस्तै छन।
कहिले घटेर गएन।
उजस्तो अरु कोइ भएन।

मैले राखेको प्रेम प्रस्ताव
उस्ले स्विकार गर्दाको आभास
उसको हाँसो, अनि मिठास
बर्ष एक , दुई तीन पुगिसकेछ
मायाको हजारौं दिन पुगिसकेछ।
बर्ष पाँच , छ , सात पुगिसक्यो
थाहा छैन कति बात पुगिसक्यो।
कति भन्न हुन्छ कति भन्न हुँदैन
तारिफ जति गरे पनि पुग्दैन।
झगडा नगरेको पनि होइन,
तर
माया कहिले कम भएन
न जितेर, न हारेर
नपत्याये हामी दुई लाई
नियालेर हेर।
न घमण्ड छ, न स्वार्थ छ,
उसको आफ्नै , मेरो आफ्नै अर्थ छ
उसलाई जित्न मन पर्छ
म हारेर उसलाइ जिताँउछु।
गाउन आउँदैन
उसैको लागि गित गाउँछु।

उ पर छ, म पर छु ठिकै हाल छ
तर हामीलाई बाल छ,
माया बेमिसाल छ।
शरीर मात्र पो पर छ
सङ्गै हुन messenger छ
viber छ।
म उसैको यादमा बाँचेको छु
उ मेरो  फरियादमा बाँचेको छ।

येहि कुरा बारबार गरेर बसेको छु,
बिहान भो
उठ्नलाइ
उसैको आवाजको इन्तजार गरेर बसेको छु।

Comments

Post a Comment

Popular posts from this blog

to my beloved apple 5th batch

आमा