Posts

Showing posts from June, 2019

गजल

गजल कमाएको कती लाँदैछु जगतमा उभिएर सोँच्दैछ उसले मृत्युको बखतमा उभिएर। म मेरि आमालाइ धरतिमा बसेर सम्झिन्छु, आमा सम्झिन्छिन मलाई जन्नतमा उभिएर। मैले मेरो  देशको सिमाना जोगाएकै  त छु, सरकार भन्दैछ सैनिकको रगतमा उभिएर। तिम्रो नजरको तिर छातिमा अझै बाँकी छ, इश्कको मुकदमा लड्छु अदालतमा उभिएर। उनी आफ्नो  जिन्दगीमा धेरै अगाडि पुगिन म अझै बसेको छु यादमा, बिगतमा उभिएर।

Ghazhal

सम्हालेर राख्छिन,आमालाइ मन छोडेर आएको हो जति दुनियाँ बुझेर गएँ, त्येती झन छोडेर आएको हो। सिमानामा छु, युद्धमा छु, थाहा छ घर फर्किन्न भनेर आउँछु भनेर पियारी लाई वचन छोडेर आएको हो। हांस्छु, सम्झिन्छु अनि फेरि हाँस्न मन लागेर आउँछ यहि जवानी हेर्नलाई  मैले बचपन छोडेर आएको हो। मान्छेहरु बन्दुक बोकेर जङ्गल पस्न थालेपछी बल्ल जनावर हरु सिंहदरबारमा , वन  छोडेर आएको हो । तिम्रो मायामा त उ, हजारौं पटक मरिसकेको मान्छे एकपटक बोलायौ र सौरभले कफन छोडेर आएको हो ।

प्रेम

प्रेम म अझै पनि उसैको आवाज सुनेर बिउँझिन्छु, जबसम्म उस्को बोलिको तरङ्गहरु मेरो कान हुँदै, मस्तिष्क सम्म पुग्दैन, म आँखा खोल्न सक्दिन। अथवा भनौं , म खोल्नै चाँहदैन थाहा छैन, सम्योग हो कि लत बनिसकेको छ। मलाइ उसको आदत बनिसकेको छ। सम्बन्धका दिनहरु धेरै भएको पनि त छैन, त्येही बर्ष छ वा सात हुन्छ होला हरेक दिन, दिनभरमा सायद सैयौं पटक बात हुन्छ होला। तर पनि त्येही बिहानको आवाज सुनेर उठ्न मन लाग्छ, मायाको एहसास उनेर उठ्न मन लाग्छ। त्यो दिन, उसैको एक तस्बिरमा कोहि दिवाना बनेको थियो परवाना बनेको थियो। अनि प्यारको नया अफसना बनिसकेको थियो। कसैको चाहतको सिद्धतले सरहद नाघिसक्यो। म हरेक साँझ उसैको तस्वीर हेरेर निदाउँथे, तक्दिर सम्झेर बिउँझिन्थे, अनि फेरि तस्वीर हेरेर निदाउँथे। उसको पहिलो text को screenshot पहिको call को recording अझै पनि, पुरानो मोबाइलको कुनै फोल्डरमा, सुरक्षीत गरेर राखेको छु, मन परेर राखेको छु। पहिलो पटक भेट्दाको दिन राजधानीको त्यो स-सानो गल्लीमा , सङ्गसङ्गै चालेका पैतालाहरु अनि राता भएका गालाहरु, थाहा छैन मायाले हो कि डरले हो मैले बुझे रहर