Posts

Showing posts from March, 2018

समय

किरण हो ऊ प्रभातको, सुर्यसरि आकाशमा उदाउंछ। जब म शब्द साथी सुन्छु, मलाई उसैको याद आउँछ। उमेर सायद तिन थियो, सुरुवातको दिन थियो, कक्षा नर्सरी , डर बेसरी मङ्सिर महिना, चिनेको कोहि छैन। सायद पहिलो  बेन्चमा ऊ बस्थ्यो छेउमा एकजनाको सिट खाली थियो , औँला समाएर मिसले भन्नुभो अबबाट तिम्रो सिट यहि हो। हजारौं मित्रता जिन्दगिको, तापनी ऊ पहिलो साथी कहलाउँछ जब म शब्द साथी सुन्छु, मलाई उसैको याद आउँछ। समय बित्दै गयो, हामीलाई जित्दै गयो। कक्षा एक ,दुई ,तीन पुगिसकेछ सम्झनाको हजारौं दिन पुगिसकेछ। हरेक दिन साढे नौ मा ऊ मेरो घर आउँथ्यो, बोलाउँथो म सुन्थे नौ बीस मा तयार भएको म उसैलाई कुरेको हुन्थे। त्यो बेलाको त्यो आवाजले, मलाइ अझै झक्झकाउँछ, जब म शब्द साथी सुन्छु, मलाई उसैको याद आउँछ। याद धमिलो छ, तर रसिलो छ। परिक्षाको पनि छुट्टै कहानी छ, अझै पनि  चोर्ने मेरो त्येही बानी छ। कहिले ऊ अगाडी म पछाडी , कहिले म अगाडी ऊ पछाडी इराजेर दिने निहुँमा ऊ पछाडी फर्किन्थ्यो म लेख्न छाडेर उसलाई देखाउँथे, त्येही इरजेर लिने निहुँमा म अगाडी लम्किन्थे ऊ लेख्न छाडेर मलाई  देखाउँथ्यो न त्रास थिय