गजल

छोरालाई हात चलाउन सिकाएकै काम आयो,
घर नआएको उ ,दागबत्ती दिन मलाम आयो।

बोर्डरमा खटिएको सिपाही  फर्केर आएन,
बदलामा एक्काईस तोपको सलाम आयो।

पिढिमा बुुवा टिकाको थालिले कुरिरहेछ्न
येसपल्ट पनि छोरा आएन, पैगाम आयो।

गाउँमा एकजना जाडोले च्यांंपेर मरेपछि।
बल्ल जलाउन दाउराहरु तमाम आयो।

येसै त सौरभ कहिले अपराधि थिएन ।
मुटु जलाउनेमा उसको पनि नाम आयो।

Comments

Popular posts from this blog

Failing is important

love for all!!

A fraction second of life