आमा

म आकृति कुनै शब्दको
तिमी सिङ्गो किताब हौ,
हाँसेका दिन, रोएका दिन
सम्बन्धको हिसाब हौ।

तिमि स्वच्छल छौ
तिमी निश्चल छौ,
पबित्र तिमि गङ्गाजल हौ।
म लेख्छु जे, म गाँउछु जुन,
कविता हौ, गजल हौ।
म कीट हुँ, म सूक्ष्म छु,
ब्रह्माण्ड तिमी बिशाल हौ।

किरण सुनौलो बिहानी हौ,
लोभलाग्दो कहानी हौ।
म प्यासि मरुभूमिको
तिमी अमृत पानी हौ,
बाँचिरहेछु जुन म
त्यो अमुल्य जिन्दगानी हौ।

तिमि  हिम्मत हौ, तिमी साहस हौ,
टुट्छु म कुनै दिन, उठ्छु फ़ेरि
तिमी आश हौ।
मायाको अनमोल आभाष हौ।
अधरले मेरो, आँशुले मेरो
खोज्दछ सधैँ त्यो काँध तिम्रो ।
त्यसैले तिमि खास छौ।

मेरो कर्म तिमी,
मेरो धर्म तिमि ।
तिमि  ज्ञान हौ, मेरो बिज्ञान हौ।
म शरीर हुँ अवशेष ,
तिमि  आत्मा हौ,
मैले पुज्ने भगवान हौ,
परमात्मा हौ।
मैले सिकेको पाठ तिमी,
मैले बुझेको धर्म तिमी ।
तिमि बाइबल हौ,
तिमि मेरो कुरान हौ।

ब्रम्हाको स्वरुप तिमि
सृष्टिकर्ता हौ, बिधाता हौ।
यशु तिमी हौ, तिमी बुद्ध हौ,
म कृष्ण हुँ होइन थाहा छैन,
तिमी देवकी, तिमी यशोधा हौ।

Comments

Post a Comment

Popular posts from this blog

to my beloved apple 5th batch

प्रेम