Ghazhal

सम्हालेर राख्छिन,आमालाइ मन छोडेर आएको हो
जति दुनियाँ बुझेर गएँ, त्येती झन छोडेर आएको हो।

सिमानामा छु, युद्धमा छु, थाहा छ घर फर्किन्न भनेर
आउँछु भनेर पियारी लाई वचन छोडेर आएको हो।

हांस्छु, सम्झिन्छु अनि फेरि हाँस्न मन लागेर आउँछ
यहि जवानी हेर्नलाई  मैले बचपन छोडेर आएको हो।

मान्छेहरु बन्दुक बोकेर जङ्गल पस्न थालेपछी बल्ल
जनावर हरु सिंहदरबारमा , वन  छोडेर आएको हो ।

तिम्रो मायामा त उ, हजारौं पटक मरिसकेको मान्छे
एकपटक बोलायौ र सौरभले कफन छोडेर आएको हो ।

Comments

Popular posts from this blog

Failing is important

love for all!!

A fraction second of life