गजल

गजल
कमाएको कती लाँदैछु जगतमा उभिएर
सोँच्दैछ उसले मृत्युको बखतमा उभिएर।

म मेरि आमालाइ धरतिमा बसेर सम्झिन्छु,
आमा सम्झिन्छिन मलाई जन्नतमा उभिएर।

मैले मेरो  देशको सिमाना जोगाएकै  त छु,
सरकार भन्दैछ सैनिकको रगतमा उभिएर।

तिम्रो नजरको तिर छातिमा अझै बाँकी छ,
इश्कको मुकदमा लड्छु अदालतमा उभिएर।

उनी आफ्नो  जिन्दगीमा धेरै अगाडि पुगिन
म अझै बसेको छु यादमा, बिगतमा उभिएर।

Comments

Popular posts from this blog

to my beloved apple 5th batch

प्रेम

आमा