समय


किरण हो ऊ प्रभातको, सुर्यसरि आकाशमा उदाउंछ।
जब म शब्द साथी सुन्छु, मलाई उसैको याद आउँछ।

उमेर सायद तिन थियो, सुरुवातको दिन थियो,
कक्षा नर्सरी , डर बेसरी
मङ्सिर महिना, चिनेको कोहि छैन।
सायद पहिलो  बेन्चमा ऊ बस्थ्यो
छेउमा एकजनाको सिट खाली थियो ,
औँला समाएर मिसले भन्नुभो
अबबाट तिम्रो सिट यहि हो।
हजारौं मित्रता जिन्दगिको, तापनी ऊ पहिलो साथी कहलाउँछ
जब म शब्द साथी सुन्छु, मलाई उसैको याद आउँछ।

समय बित्दै गयो,
हामीलाई जित्दै गयो।
कक्षा एक ,दुई ,तीन पुगिसकेछ
सम्झनाको हजारौं दिन पुगिसकेछ।
हरेक दिन साढे नौ मा ऊ मेरो घर आउँथ्यो, बोलाउँथो
म सुन्थे
नौ बीस मा तयार भएको म उसैलाई कुरेको हुन्थे।
त्यो बेलाको त्यो आवाजले, मलाइ अझै झक्झकाउँछ,
जब म शब्द साथी सुन्छु, मलाई उसैको याद आउँछ।

याद धमिलो छ, तर रसिलो छ।
परिक्षाको पनि छुट्टै कहानी छ,
अझै पनि  चोर्ने मेरो त्येही बानी छ।
कहिले ऊ अगाडी म पछाडी ,
कहिले म अगाडी ऊ पछाडी
इराजेर दिने निहुँमा ऊ पछाडी फर्किन्थ्यो
म लेख्न छाडेर उसलाई देखाउँथे,
त्येही इरजेर लिने निहुँमा म अगाडी लम्किन्थे
ऊ लेख्न छाडेर मलाई  देखाउँथ्यो
न त्रास थियो,न डर थियो,
थियो त केबल एकर्कामा भर थियो।
प्रतिस्पर्धा मित्रताभन्दा माथि भएन,
उ जस्तो कोहि साथी भएन।
इरेजरको त्येही सम्झनाले, बाल्यकालको हरेक पीडा मेटाउँछ।
जब म शब्द साथी सुन्छु, मलाई उसैको याद आउँछ।

आँसु नझरेको पनि होइन
झगडा नगरेको पनि होइन।
कहिले एक अर्कासँग गरियो, कहिले एक अर्काको लागि गरियो।
अरुसँग शाहरुख र के.के.आर को लागी झगडा गरियो,
नमिलेको कैयौं बिचारको लागि झगडा गरियो।
सँगैको बर्ष तेह्र, झगडा गरिएकै हो कति फेर
तर दोस्ताना कम  भएन,
न हारेर , न जितेर
नपत्याए सगरमाथाको आकृति नियालेर हेर।
सबै भन्ने हाम्रो बानी छ,
खोल्न नहुने कति प्रेम कहानी छ
कोहि सफल छ, त केहि सफल छैन,
उसको लागी आफैले नखोजिदिएको पनि हैन।
कुनै दिन  हाम्रै बिषयबस्तु समेटेर, निर्माताले 'करण अर्जुन २' बनाउँछ।
जब म शब्द साथी सुन्छु, मलाई उसैको याद आउँछ।

भबिष्यको बाटो फरक थियो,
जिन्दगिको पाटो फरक थियो।
आजकल बार्ता कम छ,
भेट कम छ,
नजिक हुनलाई क्यलेन्डरमा डेट कम छ।
तैपनी, येहाँ आउँदा ऊ मलाई बोलाउँछ,
त्यहाँ जाँदा मलाई भेट्न आउँछ,
म जहाँ भन्छु त्येही धाउँछ।
उहि पुरानै स्कुटरमा, चांगुको उकालो चडाँउछ।
उसको मोटोपनको बिरासत मैले थाम्दै छु क्यारे,
कहिले ओर्लिन भन्छ, फेरि बसाउँछ।
हामी बिच जे पनि छुट छ,
कहिले म लुट्छु, कहिले ऊ लुट्छ,
त्येसैले सम्बन्ध अटुट छ।
म मजाले सुन्छु, मलाई सुन्न मन लाग्छ,
त्येसैले,
उसले हरेक क्रशको कहानी सुनाउँछ।
कहिले देखा पर्छ, कहिले बिलाउँछ,
हाँसोको अनेकौं घुट पिलाउँछ।
कहिले हाल ठिकै छ, कहिले  बेहाल छ,
तर हामिलाइ बाल छ?
जस्तो चल्दैछ जिन्दगी ,
दोस्ती बेमिशाल छ।
सम्झना मनमा छ, मान्छे मात्र पो पर छ,
तर  के भो र हामीलाई ,
सङैँ हुनलाई म्यसेन्जर छ, भाइबर छ।
तेइसैँ वसन्त छ, सङैँ हुने मन त छ।
समयको छुट्टै चाहाना छ, मेरो आफ्नै बाहना छ।
केबल यती भन्छु,
सयौँ जन्मदिन होस, येस्तै रंगिन होस।
मलाई लेख्न धेरै आउँदैन,
कलम  त्येही लेख्दैछ, जे सम्झनाहरु लेखाउँछ।
जब म शब्द साथी सुन्छु, मलाई उसैको याद आउँछ।
                                             -सौरभ पन्थ





Comments

Popular posts from this blog

to my beloved apple 5th batch

प्रेम

आमा