प्रेम म अझै पनि उसैको आवाज सुनेर बिउँझिन्छु, जबसम्म उस्को बोलिको तरङ्गहरु मेरो कान हुँदै, मस्तिष्क सम्म पुग्दैन, म आँखा खोल्न सक्दिन। अथवा भनौं , म खोल्नै चाँहदैन थाहा छैन, सम्योग हो कि लत बनिसकेको छ। मलाइ उसको आदत बनिसकेको छ। सम्बन्धका दिनहरु धेरै भएको पनि त छैन, त्येही बर्ष छ वा सात हुन्छ होला हरेक दिन, दिनभरमा सायद सैयौं पटक बात हुन्छ होला। तर पनि त्येही बिहानको आवाज सुनेर उठ्न मन लाग्छ, मायाको एहसास उनेर उठ्न मन लाग्छ। त्यो दिन, उसैको एक तस्बिरमा कोहि दिवाना बनेको थियो परवाना बनेको थियो। अनि प्यारको नया अफसना बनिसकेको थियो। कसैको चाहतको सिद्धतले सरहद नाघिसक्यो। म हरेक साँझ उसैको तस्वीर हेरेर निदाउँथे, तक्दिर सम्झेर बिउँझिन्थे, अनि फेरि तस्वीर हेरेर निदाउँथे। उसको पहिलो text को screenshot पहिको call को recording अझै पनि, पुरानो मोबाइलको कुनै फोल्डरमा, सुरक्षीत गरेर राखेको छु, मन परेर राखेको छु। पहिलो पटक भेट्दाको दिन राजधानीको त्यो स-सानो गल्लीमा , सङ्गसङ्गै चालेका पैतालाहरु अनि राता भएका गालाहरु, थाहा छैन मायाले हो कि डरले हो मैले बुझे रहर ...