गजल

गाउँको बिग्रेको छ कति हालात, देखेको छौ?
कसरी कट्छ त्यो छ दिनरात, देखेको छौ?

तँ शून्य होस, तँ बिलाउनुपर्छ भन्ने हरु हो,
हराएँभने हुन्छ के हजारको औकात, देखेको छौ?

जिबनमा कहिलेकाहीं अँध्यारो छाउनै पर्छ,
बिना बादल भएको  बर्षात, देखेको छौ?

उसैले बनाएको सुन, कपडा मिलाउँछौ
सँगै खान बुझ्दिन खै के जात देखेको छौ।

तिमि काँडाँ हौ, मलाई फुल मन पर्छ भन्छौ,
शरदमा कसरी झर्छ फुलपात , देखेको छौ?

सुनायौ तिम्रो सहर , तिम्रो धनको धाक,
सौरभले कति गर्यो मेलापात, देखेको छौ?



Comments

Popular posts from this blog

Failing is important

love for all!!

A fraction second of life