Posts

Showing posts from July, 2018

आमा

म आकृति कुनै शब्दको तिमी सिङ्गो किताब हौ, हाँसेका दिन, रोएका दिन सम्बन्धको हिसाब हौ। तिमि स्वच्छल छौ तिमी निश्चल छौ, पबित्र तिमि गङ्गाजल हौ। म लेख्छु जे, म गाँउछु जुन, कविता हौ, गजल हौ। म कीट हुँ, म सूक्ष्म छु, ब्रह्माण्ड तिमी बिशाल हौ। किरण सुनौलो बिहानी हौ, लोभलाग्दो कहानी हौ। म प्यासि मरुभूमिको तिमी अमृत पानी हौ, बाँचिरहेछु जुन म त्यो अमुल्य जिन्दगानी हौ। तिमि  हिम्मत हौ, तिमी साहस हौ, टुट्छु म कुनै दिन, उठ्छु फ़ेरि तिमी आश हौ। मायाको अनमोल आभाष हौ। अधरले मेरो, आँशुले मेरो खोज्दछ सधैँ त्यो काँध तिम्रो । त्यसैले तिमि खास छौ। मेरो कर्म तिमी, मेरो धर्म तिमि । तिमि  ज्ञान हौ, मेरो बिज्ञान हौ। म शरीर हुँ अवशेष , तिमि  आत्मा हौ, मैले पुज्ने भगवान हौ, परमात्मा हौ। मैले सिकेको पाठ तिमी, मैले बुझेको धर्म तिमी । तिमि बाइबल हौ, तिमि मेरो कुरान हौ। ब्रम्हाको स्वरुप तिमि सृष्टिकर्ता हौ, बिधाता हौ। यशु तिमी हौ, तिमी बुद्ध हौ, म कृष्ण हुँ होइन थाहा छैन, तिमी देवकी, तिमी यशोधा हौ।